१२ असोज, पर्वत । नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे भनेर प्रचार गरिएका कुश्मा नगरपालिका वडा न १ पाङका युृवाहरु पुनः नेकपामा नै फर्किएका छन् । आज कुश्मा नगरपालिका वडा न १ पाङमा आयोजीत एक कार्यक्रमका वीच नेकपा कुश्मा नगरकमिटिका अध्यक्ष तथा युवा नेता शंकर गिरीले उनीहरुलाई टिका तथा खादा लगाई पुनः पार्टीमा फिर्ता गरेका हुन् ।
नेपाली कांग्रेसले विभिन्न प्रलोभन देखाउँदै पार्टी प्रवेश गराएको भन्दै युवाहरुले असन्तोष जनाएका थिए । युवाहरुले देश परिर्वतन कम्युनिष्ट आन्दोलनबाट मात्रै सम्भव भएकाले यसको पक्षमा अव ढृदता पूर्वक लाग्ने बताएका थिए । नगर कमिटि अध्यक्ष गिरीले युवाहरुलाई राजनैतिक र वैचारिक क्षेत्रबाट विचलित नभई कार्य क्षेत्रमा लाग्न अनुरोध गरेका थिए । केहि बेरका लागि बाँडिने झुटा आश्वसनको पछि नलागेर युवाहरु समग्र देश परिर्वतन र विकासको पक्षमा लाग्नुपर्ने गिरीको भनाई थियो ।
युवा नेता गिरीले वर्गिय आन्दोलनकै कारण देश आजको यो अवस्थामा आएको स्मरण गराउँदै संघर्ष, आन्दोलन र बलिदानीबाट देश निर्माणको सपना देख्ने शहिदका सपनाहरु कम्युनिष्ट पार्टीबाट मात्र पुरा हुने विश्वास दिलाए । नेता गिरीले आफै भित्र लोकतन्त्र गुमाएको कांग्रेस पार्टीको आश्रयमा जानु भनेको देशलाई दुर्घटना तर्फ धकेल्नु, सम्बृद्धिको यात्रामा ठेस पुराउनु मात्र रहेको बताए ।
उनले युवाहरु अव उद्यममा जोडिदै आर्थिक सम्बृद्धिको बाटोमा लाग्ने बेला आएको समेत बताए । कार्यक्रममा वडा न १ का वडा अध्यक्ष तथा नेकपा नेता देवेन्द्र पौडेलले युवाहरुलाई स्वरोजगार तर्फ उन्मुख हुने गरी स्वाबलम्बि बन्ने कुरामा वर्तमान सरकारले सहयोग गरीरहेको बताए ।
कार्यक्रममा नेकपा नेताहरु भि नेपाली, शंकर रिजाल लगाएतले नवआगन्तुकलाई स्वागत गरेका थिए । सो अवसरमा अनिस परिया, अजित परियार, नविन परियार, सञ्जय परियार, असिम परियार र दिनेश परियार लगाएतका युवाहरु नेकपामा प्रवेश गरेका थिए ।




