५ असोज, पर्वत । जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार थप ३ जना नयाँ संक्रमीत भेटिएका छन् । नेपाली सेनामा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको सिसिएमसि पर्वतका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए ।
यस अघि एक जना नेपाली सेनाका जवानमा संक्रमण पुष्टि भएको थियो । उनकै सम्पर्कमा रहेका ब्यक्तिहरु तथा अन्य सेनामा गरिएको परिक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको भण्डारीले जानकारी दिए ।
योसंगै पर्वतमा कुल संक्रमीतको संख्या १ सय १७ जना पुगेको छ ।




