२८ भदौ, पर्वत । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको भातृ संगठन राष्ट्रिय युवा संघ पर्वतले आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई फलफुल सहितका खाद्यय सामाग्री सहयोग गरेको छ ।
संघले पर्वतको कुस्मास्थित अस्थाई कोरोना अस्पतालमा रहेको आइसोलसनमा रहेका कोरोना संक्रमितहरुलाई फलफुल सहितका सामाग्री सहयोग गरेको हो ।
संघले पर्वत अस्पतालका प्रमुख डा। शिशिर देबकोटालाई फलफुल , जुस र अन्डा सहयोग गरेको हो । आइसोलेसनमा रहेका संक्रमितहरुलाई केही समय पुग्ने गरेर ती सामग्री हस्तान्तरण गरिएको संघका जिल्ला अध्यक्ष थमनारायण पौडेलले जानकारी दिए ।
कार्यक्रममा पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडी,नेकपा जिल्ला सदस्य मिनराज केसी, ,राष्ट्रिय युवा सं का नेता अर्जुन पौडेल निर्जन, सुनिल बाँनिया र माधब गिरीले देबकोटालाई हस्तान्तरण गरेका थिए । फलफुल सहितका सामाग्री युवा संघका नेता सुनिल बाँनियाले उपलब्ध गराएका थिए ।




