३ भदौ, पर्वत । सदरमुकाम कुश्मा बजार स्थित शिवालय माविमा नयाँ ब्यवस्थापन समितिको चयन भएको छ । नयाँ समितिको अध्यक्षमा इश्वर गिरी पुनः निर्वाचित भएका छन । कुश्मा बजारमा रहेको उक्त विद्यालयमा भएको अभिभावकको भेलाले गिरीको अध्यक्षमा नयाँ कार्य समितिको चयन गरेको हो । समितिको अन्य सदस्यहरुमा चेतप्रसाद श्रेष्ठ, उर्मिला जिसी, मिना सुवेदी, मिनाकुमारी पोडेल र मानसिंह भण्डारी रहेका छन् ।
समितिको पदेन सदस्य वडाअध्यक्ष रुद्र गिरी छन् । यसैगरी भेलाले नारायण गिरीलाई शिक्षक अभिभाव संघको अध्यक्षमा चयन गरेको समितिका सदस्य सचिव तथा प्रअ भुपेन्द्र चापागाईले जानकारी दिए । समितिको एक कार्यक्रमका वीच पदभार ग्रहण भएको छ । उक्त अवसरमा नगरशिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले नयाँ समितिले शैक्षिक गुणस्तर सुधारका थप प्रयाग गर्नुपर्ने धारणा राखेका थिए ।
क्षेत्रीले शिक्षा क्षेत्रका समस्याहरु समाधान गर्दै सक्षम जनशक्ति उत्पादन कार्यमा समितिले ठोस कार्य योजना ल्याउनुपर्ने धारणा राखे । उक्त अवसरमा वडाअध्यक्ष गिरीले निर्वाचित सवैलाई बधाई ज्ञापन गरेका थिए ।




