Print

कम्युनिष्ट नेता सुवेदीको निधन

३ भदौ, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका नेता बाबुराम सुवेदीको मृत्यु भएको छ । तत्कालीन नेकपा एमालेका बुद्धिजीवि परिषदका सदस्य समेत रहेका सुवेदीको ७७ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । तत्कालीन जिल्ला विकास समिति पर्वतको सदस्य समेत रहोक सुवेदीको उपचारको क्रममा मृत्यु भएको हो । कम्युनिष्ट पार्टीका निरन्तर रुपमा सक्रिय सुवेदी पूर्व शिक्षक समेत हुन् ।

कुश्मा नगरपालिका वडा न ११ मा जन्मेका सुवेदीको बसोबास अहिले कुश्मा नगरपालिका वडा न ७ मा रहेको छ । कम्युनिष्ट पार्टीका पर्वतका संस्थापक नेता समेत रहेका उनी बुद्धजीवि परिषदको केन्द्रिय सल्लाहकार समेत रहेका थिए । सुवेदीको मृत्युले कम्युनिष्ट पार्टीलाई अपुरणीय क्षती पुगेको भन्दै नेकपा पर्वत जिल्ला कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य पदम गिरीले दुःख ब्यक्त गरेका छन् ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी पर्वत जिल्लाको इलाका न ४ को तर्फबाट जनप्रतिनिधिको रुपमा जिविस सदस्य बनेका थिए । २०४८ सालमा शिक्षण पेशाबाट अलग भएपछि उनी निवृत्त शिक्षक समाज पर्वतको अध्यक्ष हुँदै सामाजिक कार्यमा समेत सग्लन्न थिए ।

नेपाल शिक्षक संगठन पर्वतका संस्थापक अध्यक्ष समेत रहेका सुवेदीको पार्थिव शरीर अहिले कुश्मा नगरपालिका वडा न ७ स्थित आफ्नै निवासमा राखिएको छ । सुवेदीको विहिबार कु्श्मा स्थित मोदीवेणीघाटमा अत्यष्टि गरिने परिवार श्रोतले जनाएको छ ।