Print

पर्वतमा संक्रमीतको सम्पर्कमा आएकासंगै थप ८८ जनाको रिर्पोट नेगेटिभ

२८ असार, पर्वत । कोरोना संक्रमीतको सम्पर्कमा आएका ७ जनाको कोरोना रिर्पोट नेगेगटिभ आएको छ । प्रहरी हिरासतमा रहेकी एक महिलामा संंक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका थप ७ जनाको परिक्षण गर्दा नेपाल प्रहरीका ७ जनामा नै रिर्पोट नेगेटिभ आएका हो ।

उनीहरुसंगै कुल ८८ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए । रिर्पोट नेगेटिभ आउेनहरुमा कुश्माका  १६ जना,  फलेवासका १२ जना, महाशिलाका   ५ जना रहेका छन् ।

यसैगरी बिहादीका १३ जना, पैयू गाउँपालिकाका ३ जना, मोदी गाउँपालिकाका १६ जना र जलजलाका  १४ जना रहेका छन ।