Print

पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

२९ असार, पर्वत । जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतको फलेबास नगरपालिका र महाशिला गाउँपालिकाका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै पर्वतमा संक्रमितको संख्या ९३ पुगेको छ ।

थप संक्रमीतहरु फलेवास नगरपालिकाका २८ बर्ष र महाशिला गाउँपालिकाका ३४ बर्षका पुरुषहरु रहेका छन् । यस अघि हिजो मात्रै थप १ जना संक्रमीत पुष्टि भएको थियो ।

संक्रमीत महिला भारतबाट फर्केर क्वारेन्टान बसी घर गएकी कुश्माकी एक महिला थिइन् । उनी बहुविवाहको अभियोगमा प्रहरी हिरासतमा छिन् ।