Print

पर्वतमा थप ३ जना निको भए, कोरोना जित्नेको संख्या ५० पुग्यो

२४ असार, पर्वत । जिल्लामा थप ३ जनाले कोरोना संक्रमण जितेका छन् । पर्वत कोरोना अस्पताललाई भर्ना भएका उनीहरुमा कोरोना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा भर्ना भएका उनीहरुको रिर्पोट नेगेटिभ आएको हो ।

रिर्पोट नेगेटिभ आएका उनीहरुलाई आजै डिस्चार्ज गरिनेछ । जिल्लाका कुल ९० जना संक्रमीत मध्ये योसंगै कुल ५० जना निको भइसकेका छन ।