२३ असार पर्वत । जिल्लामा थप २० जनाले कोरोना जितेका छन् । कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएर आइसोलेसनमा उपचार गराइरहेका थप २० जनाले कोरोना जितेका हुन ।
कोरोना जितेका उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए ।
जिल्लामा ९० जना संक्रमीत मध्ये यस अघि २७ जनाले कोरोना जितेका छन् । योसंगै कुल ४७ जनाले कोरोना संक्रमण जितेका छन् ।बाँकी ४३ जना अझै पनि आइसोलेसनमा रहेका छन् ।




