१५ असार, पर्वत । जिल्लामा कोरोना जित्नेको संख्या बढिरहेको छ । कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा उपचार गराईरहेका थप ३ जना सहित कुल २२ जना संक्रमीत डिस्चार्ज भएका छन् ।
कोरोना अस्पतालका डा. शिशिर देवकोटा र सुचना अधिकृत प्रविन भण्डारीका अनुसार असार १५ बेलुकासम्म कुल २२ जनाको रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।
उनीहरुको पिसिआर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । बाँकी आइसोलेसनमा रहेका सवैको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । कुल संक्रमीत ८५ जना रहेकोमा अव भने पर्वतमा अव ६३ जना आइसोलेसनमा भर्ना भएका छन् ।




