Print

कुश्मा नगरपालिकाको आगामी आवको बजेट झण्डै ८० करोड

१० असार, पर्वत । कुश्मा नगरपालिकाकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि झण्डै रु.८० करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
बुधवार सम्पन्न नगरपालिकाको छैटौ नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ७९ करोड ७८ लाख ५० हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख सिता काफ्ले लामिछानेले प्रस्तुत गरेको बजेटमा कार्यालय संचालन र प्रशानिक खर्च तर्फ रु १२ करोड बिनीयोजन गरिएको छ ।

त्यसैगरी भुक्तानी दिन बाँकी दायित्वमा रु. ५ करोड, १ लाख २३ हजार, सामाजिक विकास तर्फ १ करोड ७० लाख, आर्थिक विकास तर्फ रु. १ करोड ५० लाख, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रतर्फ १ करोड, बन वातावरण, फोहोरमैला व्यवस्थापन तथा विपद व्यवस्थापनका लागि रु १ करोड, समपुरक कोषका लागि रु १ करोड, कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि रु.८० लाख र वडागत पुर्वाधार विकासका लागि २ करोड ८० लाख रुपैया बिनीयोजन गरिएको छ ।

त्यस्तै भैपरी आउने खर्च, पुँजीगत सुधार खर्च र राहतमा ४४ लाख, नेपाल सरकार सशर्त अनुदानको तोकिए बमोजिम खर्च रु. ३७ करोड २९ लाख, समपुरक विशेष अनुदानको तोकिए बमोजिमको खर्चमा रु. १ करोड ५६ लाख र अन्तर सरकारी अख्तियारी अन्तर्गत रु. १३ करोड ६८ लाख २७ हजार रुपैया बिनीयोजन गरिएको छ । त्यसैगरी कृषि क्षेत्रको व्यावसायिकरण तथा यान्त्रिकिरणका लागि रु ६५ लाख, पशु सेवा विकासका लागि ५५ लाख, पर्यटन पूर्वाधार विकासका लागि रु. १५ लाख, महिला सहकारी विकासका लागि १२ लाख बिनीयोजन गरिएको छ ।

नगरले आयतर्फ संघीय सरकारको वित्तिय समानीकरण अनुदानमा रु.१३ करोड ३१ लाख, आन्तरिक आयतर्फ रु. ३ करोड, नेपाल सरकारको राजश्व वाँडफाँडवाट रु. ८ करोड ७७ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान रु.१ करोड २३ लाख ३१ हजार, गण्डकी प्रदेशको राजश्व वाँडफाँडवाट रु. ९३ लाख ९२ हजार, नेपाल सरकारको शसर्त अनुदान वाट रु.३७ करोड २९ लाख, संघीय सरकारको समपुरक अनुदान तर्फ रु.५६ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारको समपुरक अनुदानमा रु.५० लाख, विशेष अनुदानतर्फ रु. ५० लाख, सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि रु.१२ करोड ६२ लाख ८१ हजार र पर्यटन पूर्वाधार विकास आयोजना तर्फ रु. १ करोड तथा गरिबसँग विश्वेशवर कार्यक्रमका लागि साढे ५ लाख रुपैया आय हुने प्रक्षेपण गरिएको छ ।

कुश्मा नगरपालिकामा चालु आर्थिक वर्षमा रु. ८३ करोड १९ लाख ८५ हजार रुपैया अनुमानीत आय भएको उल्लेख गरिएको छ भने आगामी आर्थिक वर्षमा रु. ७९ करोड ७८ लाख ५० हजार रुपैया अनुमानीत आय प्रक्षेपण गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिए ।

बुधवार दुईपटक बसेको वैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । सभामा नगरप्रमुख रामचन्द्र जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ।
नगरसभाले आगामी आर्थिक वर्षमा (कोभिड-९) रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन प्रमुख प्राथमिकतामा राखेको छ भने स्वास्थ्य, कृषि, पशु, शिक्षा, प्रकोप व्यवस्थापन, पूार्वधार निर्माण एवम् कार्यलयको संस्थागत विकास गर्ने कुरालाई प्राथमिकतामा पारेको छ । त्यसैगरी शहरी पूर्वाधारको दिगो विकासका माध्यमवाट जनअपेक्षा अनुरुप नागरिकहरुको जीवतस्तरलाई उकास्ने कार्यक्रमलाई प्राथमिकता दिँदै कोरोना महामारीका कारण स्वदेश र विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिईएको नगर उपप्रमुख सिता काफ्ले लामिछानेलेबताईन् ।

त्यस्तै उत्वादनशिल, रोजगारीमुलक, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न योगदान दिने क्षेत्रमा लगानी गरिएको काफ्लेले बताईन् । कुश्मा नगरपालिकाले दुर्लुङको ढकालवारीमा पहिरोले पुर्‍याएको क्षतिवाट पिडित परिवारको पुर्नस्थापनाका लागि ४ लाख बिनीयोजन गरेको छ ।