Print

पर्वतमा ३ स्वास्थ्यकर्मी सहित थप ३६ जनाको रिर्पोट नेगेटिभ

२ असार, पर्वत । विदेशबाट आइ पुलिङ क्वारेन्टाइनमा बसेका र कोरोना संक्रमीतको उपचारमा खटिएका कुल ३६ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।

पर्वत जिल्ला अस्पतालका प्रमुम डा. शिशिर देवकोटाले दिएको जानकारी अनुसार रिर्पोट नेगेटिभ आउनेहरुमा ३ जना स्वास्थ्यकर्मी र विदेशबाट फर्किका ३३ जना छन् ।

उनीहरुको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको हो । रिर्पोट नेगेटिभ आएकाहरुलाई आज नै पालिकाको क्वारेन्टाइनमा पठाइने डा. देवकोटाले जानकारी दिए । प्रयोगशालामा पर्वतका अझै १ सय भन्दा बढि स्वाब परिक्षणको पर्खाइमा छन् ।