Print

पर्वतको विहादीमा सांसद गिरीद्धारा एकै दिन २ ठूला लिप्ट खानेपानी आयोजनाको शिल्यान्यास

२५ जेठ, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र विहादी गाउँपालिकामा दुई वटा ठूला लिप्ट खानेपानी आयोजनाको प्रतिनिधि सभाका सांसद पदम गिरीले शिल्यान्यास गरेका छन् । संघीय सरकारबाट निर्माण कार्य शुरु गरिएका दुई वटा ठूला लिप्ट खानेपानी आयोजना निर्माण कार्यको सांसद गिरीले एक कार्यक्रमका वीच शिल्यान्यास गरेका हुन् ।

खानेपानी तथा सरसफाई मन्त्रालयबाट सांसद गिरीको पहलमा छनौट भएका पर्वतको विहादी गाउँपालिका वडा ६ शालीग्रामको शालिग्राम लिप्ट खानेपानी आयोजना र रानीपानी लिप्ट खानेपानी आयोजनाको एकै दिन सांसद गिरीले शिलान्यास गरेका हुन । शालिग्राम खानेपानी आयोजनामा कुल घरधुरीले ५ सय ३३ धारा मार्फत खानेपानी पिउन पाउने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख शेखर केसीले जानकारी दिए ।

उक्त आयोजना ८ करोड ७६ लाख ४२ हजारको लागतमा निर्माण सम्पन्न हुनेछ । शालीग्राम स्थित सेतीखोला र त्यसको नजिक रहेको मुलबाट पानी लिप्ट गरी शालीग्राम तथा वहाकीका विभिन्न वस्तीहरुमा पानी पुराइनेछ ।

यसैगरी रानीपानी लिप्ट खानेपानी आयोजनाबाट झण्डै ५ सय वटा धारा जडान हुनेछन् । ७ करोड ७२ लाखकोे लागतमा निर्माण कार्य शुरुवात गरिएको छ ।
लामो समय देखि शालीग्रामको छाप, रानीपानी र त्यस आसपासका वस्तीहरुमा खानेपानीको चरम समस्या छ। सांसद गिरीले पर्वत जिल्लाका सवै वस्तीहरुमा एक एक धारा जडान गर्ने आफ्नो चुनावी प्रतिबद्धता बमाजीम खानेपानी आयोजनाहरुको शुरुवात गरिएको बताए ।

उनले पर्वत जिल्लाबासी कोहि पनि स्वच्छ पिउने पानीबाट बञ्चित नहुने गरी आयोजनाहरु जिल्ला भर सञ्चालन गरिएको समेत जानकारी दिए । पर्वतको दक्षिणी क्षेत्र मध्ये शालीग्राम र रानीपानी खानेपानीको चरम अभाव हुने वडाहरुमा पर्दछन् । खानेपानीका श्रोतहरुको अभावमा पिउने पानीको समस्या बेहोर्दै आइरहेका उनीहरु खानेपानी आयोजना सम्पन्न भए पछि त्यो समस्याबाट मुक्त हुने सांसद गिरीको भनाई छ ।

खानेपानी आयोजनाको शिल्यान्यास कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले स्थानीय जनताहरुका सवै आवश्यकता पुरा गर्न स्थानीय सरकारले प्रदेश र संघ सरकारसंग समन्वय गरीरहेको बताएका थिए । उनले खानेपानी जस्तो आधारभूत आवश्यकता आजका दिनसम्म पुरा नहुने दुःखत रहेको भन्दै अवको केहि बर्षमा त्यो समस्या समाधान हुने विश्वास गरे । कार्यक्रममा खानोपानी तथा सरसफाई डिभिजन कार्यालय पोखराका प्रमुख शेखर केसी, विहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थी, इन्जिनियर कुलप्रसाद पौडेल, शालीग्रामका वडाअध्यक्ष टेकबहादुर थापा, रानीपानीका वडाअध्यक्ष रनबहादुर आले लगायले मन्तब्य ब्यक्त गरेका थिए ।

आयोजना सञ्चालन पूर्व केहि महिना अघि मात्रै सांसद गिरी इन्जिनियर सहितको टोली लिएर खानेपानी आयोजनाको सर्भे स्थलमा पुगेका थिए । सर्भेबाट आयोजनाको सम्भाब्यता अध्ययनसंगै संघीय मन्त्रालयबाट आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरी निर्माणको काम शुरुवात गरिएको हो ।