२२ जेठ, पर्वत । कोरोना भाइरस संक्रमीत थप ४ जना विरामी पर्वतमा भेटिएका छन । भारतबाट आइ क्वारेन्टाइनमा बसेका थप ४ जना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
थ्रोड स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रयोशालामा परिक्षण गरिएकोमा पर्वत जिल्लाका थप ४ जनामा कोरोना भाइरसको पोजेटिभ देखिएको हो । यो संगै पर्वत जिल्लामा कोरोना संक्रमीतको संख्या ९ पुगेको छ । उनीहरुलाई क्वारेन्टाइनबाट आइशोलेसन तर्फ सार्न लागिएको डा. देवकोटाले जानकारी दिए ।
संक्रमीत मध्ये विहादी गउँपालिकाका २ जना र फलेवास नगरपालिकाका २ जना रहेको छन् । डा देवकोटाका अनुसार भारतबाट फर्केका १ सय ३० जनाको परिक्षण हुन बाँकी रहेको छ ।




