Print

ठुलिपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउन ७ करोड ५० लाख स्विकृत

१९ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउनका लागि ७ करोड ५० लाख रुपैंया स्विकृत भएको छ । वडा न १२ का वडाअध्यक्ष राजेन्द्र पौडेलका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नती गरी अस्पताल निर्माण गर्नका लागि संघीय सरकारबाट उक्त रकम स्विकृत भएको हो ।

अस्पताल निर्माणका लागि आगामी बर्ष २ करोड ७० लाख रुपैंया प्राप्त हुनेछ । बहुबर्षिय ठेक्का मार्फत अस्पतालको भौतिक संरचना निर्माण हुने वडाअध्यक्ष पौडेलले जानकारी दिए ।

यस अघि संघीय सरकारले जिल्लाका ६ वटा स्वास्थ्य संस्थाहरुलाई स्तरोउन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरीसकेको छ ।

जिल्लाको पैयू गाउँपालिकाको हुवास स्वास्थ्य चौकी, महाशिलाको लुखु प्राथमिक स्वास्थ्य केन्द्र फलेवासका देविस्थान स्वास्थ्य चौकी, मोदीको देउपुर स्वास्थ्य चौकी, जलजला गाउँपालिकाको मल्लाज स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । सरकारले एक पालिका एक अस्पता