१७ जेठ, पर्वत । संक्रमीतको संख्या अधिक रहेको देश भारतबाट पर्वत आइपुगेका ३९ जनाको थ्रोड स्वाब आज संकलन गरिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वत आएर क्वारेन्टाइनमा बसेकाहरुको थ्रोड स्वाब संकलन गरिएको हो ।
भारतबाट सिधै प्रशासनको सम्पर्कमा रहेर पर्वत आइपुगेका उनीहरुलाई अहिले कुश्मा बजारमा रहेको कुश्माका विभिन्न क्वारेन्टाइनमा बसेका छन् ।
स्वाब संकलन गरिएकाहरु मध्ये विहादी गाउँपालिकाका ११ जना, महाशिला गाउँपालिकाका ७ जना, पैयू्रग गाउँपालिकाका ३ जना कुश्मा नगरपालिकाका ७ जना र मोदी गाउँपालिकाका १ जना रहेका छन् ।
उनीहरु संक्रमीत क्षेत्रबाट आएका कारण संक्रमणको उच्च जोखिममा छन् । परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा उनीहरुलाई आइशोलेसनमा राखेर उपचार गरिनेछ । रिर्पोट नेगेटिभ देखिएमा थप १४ दिन उनीहरु क्वारेन्टाइनमा बस्नुपर्नेछ । डा. देवकोटाका अनुसार उनीहरु भारतबाट हिडेको ३ दिनको दिनमा पर्वत आएका कारण बाटोमा संक्रमीत भएको रैछन भने परिक्षणमा रिर्पोट नेगेटिभ पनि देखिन सक्छ ।
संक्रमीत विरामीको संक्रमण पुष्टि हुन कम्तिमा १ हप्ता लाग्ने भएका कारण रिर्पोट नेगेटिभ आए पनि उनीहरु कडाईका साथ सरकारी क्वारेन्टानमा बस्नुपर्नेछ । रिर्पोट नेगेटिभ देखिएपछि स्थानीय तहले ब्यवस्थापन गरेका क्वारेन्टाइनमा बस्नका निम्ति सिफारिस गरिने डा. देवकोटा बताउँछन् । रिर्पोट नेगेटिभ आए पछि कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा नबसेमा संक्रमण फैलने सम्भावना बढ्ने डा. देवकोटाको तर्क छ ।
यस अघि भारतबाट लक डाउनकै अवधिमा पर्वत आएका ४८ जनाको परिक्षण गरिएको थियो । उनीहरुको रिर्पोट नेगेटिभ आएको थियो ।




