१६ जेठ, पर्वत । भारतबाट पर्वतमा आएका थप १७ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । पर्वत जिल्ला अस्पतालका डा. शिशिर देवकोटाका अनुसार पर्वत जिल्लामा आइ क्वारेन्टाइनमा बसेका उनीहरुको रिर्पोट नेगेटिभ आएको हो ।
पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशालामा पिसिआर प्रविधि मार्फत परिक्षण गरिएको थ्रोड स्वाबको रिर्पोट नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए ।
भारतबाट प्रशासनको सम्पर्कमा आई जिल्ला सदरमुकाम कुश्मा बजारको क्वारेन्टाइनमा बसेका उनीहरुको रिर्पोट नेगेटिभ आएको हो । कुश्माका विभिन्न क्वारेन्टाइनमा बसेका उनीहरुलाई सम्बन्धित पालिकाका क्वारेन्टाइनमा कम्तिमा १४ दिन बस्नका लागि पठाइनेछ ।
योसंगै लक डाउनको अवधिमा भारतबाट आएका ४७ जनाको रिर्पोट हालसम्म नेगेटिभ आएको छ ।




