Print

लक डाउनकै वीच पर्वतका सुरक्षा निकायमा हेरफेर, डिएसपि अर्यालको सरुवा

१६ जेठ, पर्वत । झण्डै चौध महिनादेखि पर्वतमा कार्यरत प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको सरुवा भएको छ । बिहीवार आज प्रहरी प्रधान कार्यालयले ८४ जना प्रहरी नायव उपरिक्षकको सरुवा गर्ने क्रममा पर्वतका अर्याललाई पनि सरुवा गरेको हो ।

अर्याललाई सरुवा प्रहरी प्रधान कार्यालय साईवर व्यूरो कानुनी परामर्श काठमाडौंमा गरेको छ । पर्वतमा भने नयाँं प्रहरी प्रमूखको रुपमा विश्वराज अधिकारी आउने भएका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा काठमाडौमा कार्यरत अधिकारीको पर्वतका सरुवा भएको हो ।

पर्वतका प्रहरी प्रमुख श्यामु अर्याल पर्वत जिल्लामा सरुवा भई आएको करिव १४ महिना पुरा भएको छ । उनको कार्यकाल पर्वतमा प्रभावकारी बनेको पाईएको छ पर्वतमा शान्ति सुरक्षा र अमनचयनमा उल्लेख्य काम भएका छन् । कतिपय प्रहरी प्रमुख विवादीत बनेर सरुवा हुने गरेका थिए । अर्यालको कार्यकाय भने पर्वतमा विवाद रहित बनेको छ ।

पर्वतको विपद व्यवस्थापन,लैगिंक हिंसा रोकथाम, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वतका ७ वटै स्थानीय पालिकामा निरन्तर सचेतनाका कार्यक्रममा अर्यालको अग्रसरता भएका छन । अर्यालले पर्वत जिल्लाका सरोकारवाला राजनैतिक दल,स्थानिय पालिका,नागरिक समाज,संचारकर्मीसंग राम्रो समन्वय गरि शान्ति सुरक्षा कायम गर्न उल्लेख्य भुमिका निर्वाह गरेका छन ।

नोवेल कोरोना सक्रमणलाई न्यूनिकरण गर्न अर्यालले राम्रो भूमिका खेलेको कारण बुधवार मात्रै प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले अर्याललाई सम्मान गरेकी थिइन् । कोरोना रोकथाम र नियन्त्रणमा पर्वत प्रहरीले उत्कृष्ट कार्य गर्दै आइरहेको छ ।

लक डाउन र कोरोना महामारी जारी रहेकै बेला सुरक्षा संयन्त्रको हेरफेरका कारण जिल्लाको शान्ति सुरक्षामा भने थप चुनौति थपिनसक्ने अनुमान गर्न सकिन्छ । नयाँ कार्यालय प्रमुखले सुरक्षा योजना र रणनीतिका विषयमा थप अध्ययन गर्न समय लाग्ने भएका कारण पनि महामारीको समयमा कार्यालय प्रमुख परिर्वतनले कोरोना नियन्त्रणमा असर गर्नसक्ने देखिन्छ ।