१५ जेठ, पर्वत । कोरोना त्रासका कारण विहान र बेलुका पसल खोल्न निर्णय भएको पर्वतमा पसल खोल्ने समय बढाइएको छ । केही समय देखि साँझ र बिहान पसल खोल्ने समय बिहीबार देखि परिर्वतन भएको छ ।
कोभिड १९ नियन्त्रणका लागि गठित जिल्ला कमाण्डपोष्टको बैठकले बेलुकाको समयमा ८ बजे सम्म पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
दिन लामो भएको र ७ बजे नै पसल बन्द गर्दा उज्यालो नै भएका कारण ८ बजे सम्म खोल्ने निर्णय भएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।
कुश्मामा बिहान ७ बजे देखि ११ बजे सम्म र साँझ ४ बजे देखि ८ बजे सम्म पसल सञ्चालन हुनेछन ।




