१४ जेठ, पर्वत । पर्वतमा भारतबाट उद्दार गरेर जिल्लामा ल्याइएका थप ८ जनाको कोरोना परिक्षणका क्रममा नेगेटिभ रिर्पोट आएको छ । पर्वतको कुस्माका पुलिङ्ग क्वारेन्टाईनमा राखिएका थप ८ जनाको पोखरा स्थित स्वास्थ्य बिज्ञान प्रयोगशालामा बुधबार गरिएको परिक्षणका क्रममा नेगेटिभ रिर्पोट आएको हो ।
रिर्पोट नेगेटिभ आउनेमा बिहादी गाउँपलिकाका ६ जना रहेका छन भने पैंयु र जलजला गाउँपालिकाका १/१ जना रहेका छन । उनीहरुलाई सम्बन्धित पालिकाको सामुदायिक क्वारेन्टाइनमा ३ हप्ता राख्ने गरि पठाइने भएको छ। यस अघि भारतबाटै फर्केका ३१ जनाको रिर्पोट पनि नेगेटिभ आएको थियो ।
पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाका अनुसार सोमबार स्वाब संकलन गरिएकाको रिर्पोट नेगेटिभ आएको छ । अहिले सम्म ३७ जनाको रिर्पोट नेगेटिभ आएको उहाँको भनाई छ थप ९ जनाको रिर्पोट आउन बाँकी छ ।
रिर्पोट नेगेटिभ आएका २९ जनालाई सम्बन्धित पालिकको क्वारेन्टाईनमा राख्ने गरि मंगलबार पठाइएको छ।




