११ जेठ, पर्वत । छिमेकी मुलक भारतबाट पर्वत जिल्लामा आएका २९ जनाको स्वाब संकलनको तयारी भइरहेको छ । आजै उनीहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएने पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार उनीहरु सवैको थ्रोड स्वाब संकलन गरिनेछ । संकलन गरिएका स्वाबको नमुना परिक्षणका लागि पोखरा स्थित प्रयोशालामा पठाइनेछ ।
भारतबाट उनीहरु सवैलाई कुश्मा स्थित शिवालय मावि र ब्लु एन्जल होटलको क्वारेन्टाइनमा राखिएको छ । यस अघि ५ जना शिवालय माविको क्वारेन्टाइनमा बस्दै आएका उनीहरु मध्ये थप २४ जना शनिवार अवेला मात्रै जिल्ला भित्रिएको बताइन्छ ।
केहि संख्यामा आइतबार पनि जिल्लामा भित्रने बताइएको छ । उनीहरुको परिक्षण पछि रिर्पोट पोजेटिभ आएमा उपचारका लागि पर्वत कोरोना अस्पतालको आइसोलेसनमा राखिने भने, रिर्पोट नेगेटिभ आएमा सम्बन्धित वडाको क्वारेन्टाइनमा बस्नका लागि पठाइएनेछ ।




