Print

भक्कानीएर रुन मन छ

– गणेश गिरी

एउटा बन्द कोठामा
भित्तै भरीको
ठूलो तस्विर टाँसेर
हेरी रहन् मन छ
तस्विर बोल्दैन थाहा छ,
तस्विर चल्दैन थाहा छ
तस्विरले कुरा बुझ्दैन थाहा छ
तर पनि
तस्विर हेरीरहन मन छ
तस्विरसँग बह पोख्न मन छ
तस्विरलाई अंगालो हाली
भक्कानीएर रुन मन छ
खोला वारीको
भूमि सम्झिएर
खोला पारीका स्तम्भ सम्झीएर
जन्मेदेखिको मेरो प्रेम सम्झिएर
भक्कानिदै रुन मन छ
गुमेको मेरो प्रेम
लुटिएको मेरो माया
च्यातिएको मेरो मन
फर्कन्छ की भनेर
नेपाल आमाको
नक्शा समातेर
भक्कानिदै आमा  ! आमा !! भन्ने मन छ
वैरीले आँखा लगाएका छन्
दुश्मनले सेना तेर्साएका छन्
खोला पारी र वारी
विवाद हाम्रो यत्ति नै भयो
भित्ताको तिम्रो तस्विर
एकोहोरो हेर्न मन छ
बन्द कोठामा
ग्रेट नेपालको
तस्विर हेर्न मन छ ।।।।