Print

फलेवास नगरपालिकाको बार्षिकोत्सवको अवसरमा नगरप्रमुखद्धारा भिडियो सन्देश

५ जेठ, पर्वत । नगरपालिका स्थापना भएको ३ बर्ष पुगेको अवसरमा फलेवास नगरप्रमुख पदमपाणी शर्माले नगरबासीलाई भिडियो सन्देश मार्फत शुभकामना दिएका छन् । नगरप्रमुख शर्माले नगरपालिका ३ बर्ष पुगेको अवसरमा औपचारिक कार्यक्रम लक डाउनका कारण हुन नसकेकाले भिडियो सन्देश मार्फत नगरबासीलाई शुभकामना दिएका हुन् ।

देशमा संघियताको कार्यान्वयनसंगै आजकै दिन फलेवास कार्यपालिकाले औपचारिक रुपमा कार्यभा सम्हालेको नगरप्रमुखको भिडियो सन्देशमा उल्लेख गरिएको छ । भिडियो सन्देशबाट नगरप्रमुख शर्माले कच्चि सडक, काठे पोलहरु र गुणस्तरीय शिक्षाको अभावलाई ब्यवस्थित गर्न नगरपालिकाले काम गरीरहेको नगरप्रमुख शर्माले बताएका छन् । नगर प्रमुख शर्माले कार्यकालको ३ बर्षमा नै सवै वस्तीमा सडक पुराइएको र मुख्य सडकहरु कालोपत्रेको काम शुरु भएको समेत भिडियो सन्देशमा उल्लेख गरेका छन् ।

उनले योजनाबद्ध विकास निर्माण प्रक्रियाको शुरुवात गरिएको भन्दै ओपन जू, सडक कालोपत्रे, गुणस्तरीय शिक्षाको शुरुवात र जलविद्युत आयोजनाको सर्भे हुने कार्य नगरपालिकाका मुख्य उपलब्धिहरु रहेको समेत उल्लेख गरेका छन् ।

उनले मोटरेवल पुल निर्माण, झोलेुगे पुल निर्माण, बाह्ै महिना सडक सञ्चालन, सीप मुलक तालिम सञ्चालन, कृषि तथा लघु उद्यमी कार्यक्रमहरुका कारण स्थानीयबासीको जनजीविकामा सुधार आएको बताए । निशुल्क एम्बेलन्स सेवा, स्वास्थ्य उपचार सहयोग कार्यक्रम, क्लिन फलेवास ग्रिन फलेवास जस्ता जनतामुखी कार्यक्रमहरु समेत नगरपालिकाले सञ्चालन गरीरुहेको उनले उल्लेख गरेका छन् ।