२६ वैशाख, पर्वत । मध्य पहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) को पर्वत खण्डमा निर्माण कार्य शुरु भएको छ । लक डाउन थपिदै जाँदा निर्माण कार्य बन्द भएको लोक मार्गको काम शुरु भएको हो । लक डाउनका कारण मजदुरहरु घरमा गएका कारण सडकको निर्माण कार्य बन्द भएको थियो । निर्माण कार्य शुरु भएसंगै मोसमका कारण भने लोक मार्गको निर्माण कार्य पटक पटक प्रभावित हुँदै आएको छ । लामा कन्ट्रक्सले निर्माण गरीरहेको पर्वत खण्डको झण्डै २४ किलोमिटर सडकलाई टु लेनको बनाउने गरी निर्माण कार्य शुरु भएको हो ।
कास्की खण्डको नयाँपुल देखि नागडाडाको खण्ड सम्पन्न भए पनि र्पर्वत खण्डमा स्टक्चर निर्माणको काम अझै केहि प्रतिशत बाँकी छ । आगामी भदौ मििहनासम्म सम्पन्न गर्ने काम भईरहे पनि लक डाउनका कारण निर्माण कार्य प्रभावित भएको आयोजनाको निर्माण कम्पनीका प्रमुख गोविन्द भुषालले जानकारी दिए । बर्षातका कारण कुश्मा नगरपालिका वडा न ७ खरेहामा रहेको सडक खण्डमा समस्या आउने गरेको छ । कल्भट निर्माणका लागि खनिएको सडकमा गाडीहरु फस्ने रर सडक जाम हुने गरेको छ ।
उता, निरन्तरको बर्षातका कारण निर्माणका सवैजसो काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ । असार मसान्त अघि नै सडकमा पिच गर्ने काम गर्ने गरी निर्माण कम्पनीले काम गरीरहे पनि तार्गेट पुरा हुन समस्या भइरहेको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले जानकारी दिए । आयोजनामा हालसम्म ६० प्रतिशत निर्माणको काम सकिएको छ ।
पर्वत खण्डका लक डाउन खुले लगतै ७५ जना स्थानीय कामदारबाट काम शुरुवात गरिएको र यो संख्या बढाउने तयारी भइरहेको निर्माण कम्पनीको भनाई छ । निर्माणको चरणमा रहेका मध्यपहाडी लोकमार्गमा यात्रा कष्टकर हुने गरेको छ ।




