Print

आइसोलेसनमा भर्ना भएका पैयूका ५ जनाको कोरोना रिर्पोट नेगेटिभ

१८ वैशाख, पर्वत । कोरना अस्पतालको आइसोलेसनमा वार्डमा ५ जनाको थ्रोड स्वाब परिक्षण नेगेटिभ आएको छ ।

बुधबार जिल्लाको पैयुँ गाउँपालिकाका ५ जनालाई आईसोलेसनमा भर्ना गरीएको उनीहरुमा कोरोना संक्रमण नभेटिएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । अस्पतालमा भर्ना गरीएका ५ जना बैशाख १४ गते गाउँपालिका प्रबेश गरेका थिए । भर्ना भएका ५ जना मध्ये चार पुरुष र एक महिला रहेका छन् ।

उनिहरु पैयुँ गाउँपालिका वडा नम्बर ३ र ५ का बासिन्दा हुन ।

पैयँु गाउँपालिका वडा नम्बर ३ बेउलीबासका २९ बर्षिय पुरुष, २७ बर्षिय महिला र २३ बर्षिय पुरुष रहेका छन् भने वडा नम्बर ५ चिसापानिका एक २२ बर्षिय र अर्का २० बर्षिय पुरुष रहेका छन् । उनिहरु २ जना भारत, २ जना नबलपरासी र १ जना तनहुँबाट आएको अस्पतालले जनाएको छ ।

यस अघि जिल्लामा कुल ७९ जनाको थ्रोड स्वाब परिक्षण सम्पन्न भएको छ भने ३ सय ६८ जनाको ¥यापिड डाइगोनिष्ट टेष्ट (आरडिटि) परिक्षण गरिएको थियो । सवैको परिक्षण हालसम्म नेगेटिभ आएको अस्पतालले जनाएको छ ।