Print

गण्डकी प्रदेश सरकारको निर्णय : पर्वत अस्पतालमा पनि आइसियू निर्माण हुने

१७ वैशाख, पर्वत । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका ११ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसियु) निर्माण गर्ने भएको छ । प्राय जिल्ला अस्पतालहरुमा आइसियु नहुँदा जटिल प्रकारका बिरामीको उपचारमा समस्या भएको भन्दै गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले सबै जिल्लामा सघन उपचार कक्ष (आइसियु) निर्माणका लागि बजेट विनियोजन गरेको हो ।
योसंगै पर्वत जिल्ला अस्पतालमा पनि आइसियू निर्माण हुने भएको छ ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले ११ वटै जिल्लाका जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसियु) स्थापनाका लागि १४ करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिए । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएका प्राय विकसित मुलुकहरुमा समेत आइसियु तथा भेन्टिलेटरको अभावमा धेरैका ज्यान गइरहेकाले सबै अस्पताललाई सुविधा सम्पन्न बनाउँन आइसियु स्थापना गर्ने निर्णय गरेको मन्त्री बस्नेतले बताएका छन ।

गण्डकी प्रदेशका ११ वटै सरकारी अस्पताल मध्य पोखरामा रहेको अस्पतालमा पहिलेदेखिनै आइसियु कक्षा रहेको र धौलागिरि अञ्चल अस्पताल बागलुङमा दुई जना कोरोना भाइरस संक्रमित उपचारमा आएपछि आइसियु कक्षा स्थापना भएको थियो । प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको प्रत्यक्ष उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अहिले खाइपाइ आएको रकमको सतप्रतिशत जोखिम भत्ताको व्यवस्था गदै ३० लाख रुपियाँको बिमा गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय गण्डकी प्रदेश स्वास्थ्य बिमा सहयोग संयोजन समिति समेत गठन गरेको थियो ।