१२ वैशाख, पर्वत । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा बसेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित १९ बर्षकी युवतीको छैठौ पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
चौथोपटक सम्म पोजेटिभ आएकोले एक महिना देखि अस्पतालको आइसोलेसन कक्षमा बसेकी ती युवतीको पाँचौ र छैठौ पटकको स्वाब नेगेटिभ आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले बताईन् । नेपालको पा“चौ र बागलुङको पहिलो संक्रमित ती युवती निको भएकी हुन् ।
धौलागिरी अञ्चल अस्पतालले उनको डिसचार्जको लागि छलफल सुरुभएको छ । लगातार दुईपटक सम्म नेगेटिभ रिपोट आएकाले उनी अव घर जान पाउने छिन् ।




