१२ वैशाख पर्वत । २०७२ साल वैशाख १२ गते नेपालमा विनासकारी भुकम्प गयो । गोर्खाको बारपाक केन्द्रविन्दु भएर गएको भुकम्पका कारण देश भर लाखौ घर भत्किए । हजारौं मानिसले ज्यान गुमाए । भुकम्प गएको ५ बर्ष वितेको छ । भुकम्पको प्रभाव पर्वत जिल्लामा समेत परेको थियो । जिल्ला भर कुल ५ हजार ५ सय १२ वटा घर पूर्ण रुपमा प्रभावित हुने गरी भत्किएको सरकारी तथ्यांक छ ।
नीजि घरसंगै जिल्लामा १ सय ७५ विद्यालयका ३ सय ६१ वटा कक्षा कोठाहरु समेत भत्किएका थिए । विद्यालय र नीजि घर भत्किएपछि सयौ परिवार विचिल्लीमा परे । मुख्य गरी जिल्लाको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका अति प्रभावित क्षेत्र हो । भुकम्पले अरु पालिकाहरुमा नीजि घर पनि भत्काएको थियो ।
सरकारले भत्किएका संरचनाहरुलाई निर्माण गर्ने गरी राष्ट्रि भुकम्प पुर्ननिर्माण प्राधिकरण गरयो । हालसम्म ५ हजार १० वटा घर पुर्ननिर्माणका लागि पहिलो किस्ता गएको भुकम्प पुर्ननिर्माण कार्यालय पर्वतका प्रमुख कृष्ण गौतमका जानकारी दिए ।
३ हजार ८ सय ७३ परिवारले दोस्रो किस्ता लगेका छन । यसैगरी भुकम्प पुर्ननिर्माणको ३ लाख रुपैंया अनुदान प्राप्त गरी घर निर्माण गर्नेको संख्या पर्वतमा २ हजार ८ सय ४१ रहेको छ । कार्यालयका प्रमुख गौतमका अनुसार पर्वतमा २ हजार ८ सय ४१ वटा घर पुर्ननिर्माण भएका छन । यसैगरी आंशिक क्षति तर्फ पर्वत जिल्लामा कुल ६ सय ४१ वटा घरको तथ्यांक कार्यालयसंग छ । ति मध्ये २ सय ६७ वटा घर परिवारले पहिलो किस्ता लगेका छन । ति परिवारले दोस्रो र तेस्रो किस्ता भने लगेका छैनन । आंशिक क्षति भएकाहरुले १ लाख रुपैंया अनुदान प्राप्त गर्नेछन ।
भुकम्प प्राधिकरण गठन भएर प्राविधिक आउनु पूर्व नै निर्माण भएका ५ सय १६ घर मध्ये ३ सय २६ घरले पहिलो किस्ता लगेका छन । पर्वत जिल्लामा झण्डै ५१ प्रतिशत भुकम्प पुर्ननिर्माणको काम सकिएको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।



