Print

त्रास घट्यो, जोखिम कायमै

२९ चैत, पर्वत । चैत १० गते विहान एउटा समाचार बाहिरीयो । पर्वतमा कर्फू लगाउ तयारी भनेर । समाचार लगतै जिल्ला विपद् ब्यवस्थापन समितिको वैठक बस्यो । विपद् ब्यवस्थापन वैठक लगतै जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्ने तयारी थियो । संघिय सरकारको समेत निर्णयका आधारमा जिल्लामा कर्फू नभई लड डाउनको निर्णय भयो । अत्यावश्यक बाहेकका पसल बन्द गर्ने । सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द हुने भए । दिनको २ बजे देखि पर्वत जिल्ला पूर्ण लक डाउनमा गयो । कर्फुको समाचार बाहिरीएका कारण अधिकांश पर्वतबासीले दिउँसोका लागि बजार झर्ने योजना बनाएनन । जिल्ला छाड्ने योजना पनि रद्ध गरे । पर्वत  जिल्लामा लक डाउन चैत १० गते दिउँसो देखि शुरु भयो । पसल बन्द भए र सवारी साधन बन्द भए ।

१० गते बेलुका नै संघिय सरकारद्धारा उच्च स्तरीय कोरोना रोग नियन्त्रण समितिको सिफारिसका आधारमा चैत ११ गते देखि देशभर लक डाउनको घोषणा भयो । संघिय सरकारको यो निर्णयलाई पर्वत जिल्लाले भने एक दिन पहिले नै जित्यो ।

लक डाउनको पहिलो साता निकै तनाव ग्रस्त बयो । चैत ११ गते नेपालका लागि दोस्रो कोरोना संक्रमीत भेटिए । फ्रान्सबाट करात हुँदै नेपाल फर्किएकी एक किशोरीमा संक्रमण देखिए पछि अवस्था संवेदनशिल बन्यो । धौलागिरी क्षेत्र त्यतिबेला स्तब्ध भयो जतिबेला उनैसंग यात्रा गरेकी बागलुङकी एक युवतीलाई संक्रमण पुष्टि भयो । १९ बर्षिया सापकोटा थरकी ति युवती बल्जिएमबाट कतार हुँदै नेपाल आएकी थिइन । फागुन १५ गते पाँचौ संक्रमित बागलुङमा भेटिएको ५ दिन पछि छैटौ संक्रिमित ६५ बर्षिया महिला फेरी बागुलङमा फेला परिन । एउटै जिल्लामा दुई जना संक्रमित फेला पर्नु छिमेकी जिल्लाका लागि समेत जोखिम पूर्ण बन्यो ।

लक डाउनको पहिलो साता सकिएपछि सरकारले दोस्रो साता पनि थप गरयो । पहिलो साता चैत १७ गते बलुेका सकियो । त्यसको अघिल्लो दिन चैत २४ गतेसम्म पुनः लक डाउन थपको घोषणा गरेसंगै पर्वतमा पनि थप आशंकाहरु जन्मिए । बागलुका संक्रमितहरु पर्वत घुमघाम गरेको हल्ला चल्यो । त्यो पुष्टि हुन सकेन । तर, बागलुङकै संक्रमीत युवतीसंग एउटै विमानमा आएका बागलुङका एक युवा कुश्मामा बस्दै आएको पुष्टि पछि त्यो पनि चुनौतिपूर्ण देखियो ।

६५ बर्षिया संक्रमीत महिलाका आफन्तहरु पर्वतमै रहेको पुष्टि हुँदा त्यसले अर्को आशंक जन्मायो । यत्तिले मात्र त्रास बढाएन अझै त्रास त संक्रमीत युवतीसंगै विमानमा आएका युवा पर्वतमै फेला परे ।

दोस्रो साता ति सवै सम्भावितहरुको थ्रोड स्वाब संकलन भयो । सवैको रिर्पोट नेगेटिभ आयो । विदेशबाट आएकाहरुको पनि खोजी पर्वतमा तिव्र पारियो । लक डाउन निकै कडा बनाइयो । स्थानीय तहले विदेशबाट फर्केकाहरुको नामावली निकालेपछि उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा सोधपुछ भयो । बागलुङका सक्रमितको ट्राभल हिस्ट्री र कन्ट्रयाक्ट ट्रेसिङ गरियो ।

पर्वतमा उनीहरुको ट्राभल रेकर्ड देखिएन । उनीहरुको सम्पर्कमा भएकाहरु सवैको खोजी गरी परिक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ देखियो । जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले विदेशबाट फर्केकाहरुको निरन्तर निगरानी बढाई रह्यो । उनीहरुमा स्वास्थ्य समस्या देखिएमा तत्काल उपचार गर्ने ब्यवस्थापन गरयो । यस अघि नै स्थानीय तहहरुको सहयोगमा कोरोना रोगको उपचार गर्नका लागि अस्थायी कोरोना अस्पताल कुश्मामा निर्माण भईसकेको थियो । केहि ंसंस्कास्पद विरामीलाई अस्पतालमा राखेर कोरोना परिक्षण गर्दा उनीहरुको समेत रिर्पोट नेगेटिभ आयो ।

लक डाउनको अवधिलाई कडा बनाउन स्थानीय तह, जनप्रतिनिधिहरु, युवा क्लब, ब्यापारी, सुरक्षाकर्मी र सञ्चार माध्यमले निरन्तर खवरदारी गरी रहे । लक डाउनको अवधि दोस्रो साता सकिदा जिल्लामा संस्कास्पद १४ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको थियो । सरकारले तेस्रो पटक ८ दिनका लागि लक डाउनको अवधि बढाए पछि भने पर्वतमा कोरोना परिक्षणको दायरा निकै बढ्यो । जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी जिल्ला भरी चैत्र १ गते देखि विदेशबाट आएकाहरुको कोरोना परिक्षण कार्य अघि बढायो ।

परिक्षण गरिएका सवैको रिर्पोट नेगटिभ आएको छ । योसगै जिल्लामा ¥यापिड टेष्ट समेत शुरु भयो । त्यो टेष्टले समेत जिल्लाबासीलाई खुशी तुल्याएको छ । १ सय २ जनाके परिक्षण गरिएकोमा सवैको नेगेटिभ रिर्पोट भेटिदै जाँदा त्रास जिल्लाबासी माझ घटेको छ । सडकमा निस्कन डर मान्नेहरु अव भने सडकलाई विरानो मान्न छाडेका छन् । लक डाउन कायमै छ । जोखिम यथावत नै छ तर, जिल्लाबासीको मनोवल केहि मात्रामा भने उच्च भएको देखिन्छ ।

भारतमा कोरोना नियन्त्रण नभएसम्म खुल्ला सिमानाका कारण नेपालमा जुनसुकै बेला कोरोना भित्र्न सक्छ । यति मात्र नभई लड डाउन खुल्ने अवस्था आयो भने भारतमा रोजगारीमा गएका अधिकांश घर फर्केकने छन् । त्यो आफैमा जोखिमपूर्ण छ । अर्को तर्फ, पर्वतमा पनि धेरै भारतीय ब्यापारी र मजदुरहरु छन । उनीहरु संक्रमण अवधिमै पर्वत फर्केने हो भने त्यसले पनि जोखिमलाई अझै बढाउनेछ । यति मात्र होइन, केहि संक्रमीतमा लक्षण नदेखिने भएका कारण लुकेर रहेका र लक्षण नदेखिएका संक्रमीतहरुले संक्रमणलाई विस्तार गर्दै जाने हो भने त्यसले पनि जोखिमलाई अझै बढाउनेछ ।

अन्तराष्ट्रिय उडान र भारतीय सिमाना खुल्ला नहुँदासम्म जोखिम कम भएको देखिए पनि सिमानाहरु खुल्ला हुने अवस्थामा नेपाली र पर्वतबासीहरु सवै जोखिमको घेरामा छन । दैनिकी सामान्य बन्न अझै केहि साता लाग्ने अवस्था छ । यद्यपि उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा सरकारका निर्देशनहरु मान्न तयार हुने हो भने हामीले सजिलै कोरोना विरुद्धको लडाई जित्ने देखिन्छ ।