Print

पर्वतमा एग्रोभेट पसल खोल्न र रासायनीक मल ढुवानी गर्न पाइने

२८ चैत, पर्वत । लक डाउनका कारण कृषकहरुको खेतीपाती समेत प्रभावित बन्दै गएको छ । लक डाउन लम्बिदै जाँदा उत्पादनमा समस्या आउने भएपछि कृषि ज्ञान केन्द्र पर्वतको अनुरोधमा जिल्ला प्रशासन कार्यायले पर्वतमा विउ, बिजनका पसलहरु भने सञ्चालनमा ल्याउने अनुमति दिएको छ ।

ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीका अनुसार कृषकहरुले खेती नगरे लक डाउन पछि खाद्यन्नको हाहाकार हुनसक्ने भएका कारण सामाजिक दुरी कायम गरी विउ बिजन खरिद विक्रीबा लागि सहमति भएको छ ।

‘कृषकहरुले बिज बिजन खरिका लागि दिउँसो १० बजे देखि बेलुका ४ बजेसम्म पायक पर्ने बिउ पसलमा जान पाउने छन’ बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले भने–‘हामीले सामाजिक दुरी कायम गर्न र सुरक्षणका विधि अपनाउन पसल र कृषक दुवैलाई अनुरोध गरेका छौं ।’

बालीनाली लगाउने समय नजिकिदै जाँदा लक डाउनका कारण अधिकांश तरकारी कृषकहरु मर्कामा परीरहेको रेग्मीको भनाई छ । ‘लक डाउन पनि बजार सामान्य हुँदा बजारमा तरकारी अभाव भयो भने भारतबाट निर्यात गर्नुपर्छ’ रेग्मी भने–‘यो अवस्थामा कृषकको मर्कालाई प्रशासन कार्यालयले सम्बोधन गरेको छ ।’

पर्वतमा रासायनीक मलको यथेष्ट स्टोर रहेको समेत रेग्मीको भनाई छ । पर्वतमा १६ सय बोरा युरिया, ४ सय बोरा डिएपि स्टोरमा रहेको कारण तत्काल मलको अभाव भने नहुने रेग्मीले जानकारी दिए । उनले मल ढुवानीका लागि जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा ट्याकटरका लागि ढुवानीको प्रवन्धमा सहजता ल्याइएको समेत जानकारी दिए ।

मल ढुवानी गर्न चाहने सहकारीहरुले मल ढुवानी गरीरहेको बताउँदै कृषकले खोजकै बेलामा मल उपलब्ध गराउने गरी कार्यालयले तयारी गरेको रेग्मीको भनाई छ । नीजि मोटरसाइकल वा गाडीमा मल ढुवानीको अनुमति नदिइएको भन्दै ठूला परिणाममा मल ढुवानी गर्नका लागि पर्वत जिल्लामा समस्या नभएको उनले बताए ।

‘चैत धान रोप्ने समय भएका कारण यो बेलामा कतिपय कृषकहरुलाई मलको आवश्यकता पर्दछ’ उनले भने –‘हामीले मल वितरण कार्यमा सहजता ल्याएका छौं ।’ लड डाउनका कारण बजारहरु सुनसान भए पनि कृषकहरु खेतबारीमा काम गरीरहेको भन्दै सामाजिक दुरी कायम गरेर आफ्नो खेती गर्दा कुनै समस्या नरहेको समेत रेग्मीको भनाई छ ।