Print

मोदीमा गाउँ कार्यपालिकाको वैठक सम्पन्न

२८ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा गाउँ कार्यपालिकाको वैठक सम्पन्न भएको छ । नोवेल कोरोना भाईरस कोभिड–१९ का संक्रमण रोकथामको समिक्षा गर्न कार्यपालिकाको वैठक बसेको हो । विश्व स्वास्थ्य संघले तोकेको सामाजिक दुरीको मापढण्ड अपनाउँदै वैठक बसेको थियो ।

वैठकले कोरोना भाईसर रोकथाम र नियन्त्रणका विषयमा हालसम्मको प्रगतिको समिक्षा र भावी कार्य योजना समेत निर्माण गरेको गाउँकार्यपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार पालिकाले हालसम्म कोरोना नियन्त्रणका सम्बन्धमा सञ्चालन गरेका गतिविधिहरुको बारेमा कार्यपालिकामा समिक्षा भएको छ ।

गाउँपालिकाले राहत कोषको ब्यवस्थापन, हेल्थ डेक्स सञ्चालन, क्वारेन्टाइन निर्माण तथा जिल्ला अस्पतालसंगको समन्वयमा कोरोना परिक्षणका कामहरु अगाडि बढाएको छ ।

गाउँबासीलाई अत्यावश्यक पर्ने सवै काममा निरन्तर जनप्रतिनिधिहरुले सहयोग समेत गरीरहेका छन । वैठकमा सम्भावित कोरोना संक्रमणको रोकथामका लागि थप कार्य योजना निर्माणका विषयमा समेत छलफल प्रवक्ता लामिछानेको भनाई छ ।

हालसम्म वितरण भएका राहतहरु गुनासो रहित भएको र अत्यावश्यक कामका लागि गाउँबासीहरुलाई प्रशासन कार्यालयसंगको समन्वयमा सहयोग गर्ने कार्य जनप्रतिनिधिहरुको भूमिका सन्तोषजनक भेटिएको पालिकाको वैठकमा छलफल भएको थियो ।

गाउँ कार्यपालिकाको वैठक पूर्व सवै सदस्यहरु तथा पदाधिकारीहरुको फिवर चेक समेत गरिएको थियो । वैठकले लक डाउनलाई थप सशक्त बनाउने, गाउँपालिकामा भित्रने सवै नागरिककको निगरानी गर्दै उनीहरुको स्वास्थ्य परिक्षण गर्ने लगाएतका विषयमा छलफल भएको बताइएको छ ।

कार्यपालिकाको वैठक पूर्व पदाधिकारीहरुको फिवर जाँच गरिदै