२७ चैत, पर्वत । एलपी ग्याँसमा कालो बजारी गरेको आरोपमा पर्वत प्रहरीले एक ब्यापारीलाई पक्राउ गरेको छ ।
पर्वतको जलजला गाउपालिका वडा नं. ३ स्थित रहेको दिप्सन मेटल स्टोर्सका संचालक बर्ष ४० का मिन प्रसाद रेग्मीले बजार मूल्य भन्दा बढी मूल्यमा एल. पि. ग्याँस बेचेको भन्ने सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
बजार मूल्य भन्दा बढी मूल्य लिएर ग्याँस बेचेको पाईएकोले रेग्मलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रेग्मीलाई आजै कालोबजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत मुद्धा दर्ता भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




