२७ चैत, पर्वत । फलेवास नगरपालिकाका रहेका अति बिपन्न तथा गरिब समुदाय जसको घरमा चुल्हो बल्न छाडेको छ उनिहरुलाई नगरपालिकामा सम्पर्क गर्न फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले आग्रह गरेका छन । उनले ठूलो संख्यामा अति विपन्न नरहेका कारण विपन्नको नाउँमा धनि वर्गले नगरपालिकाको राहत नपाउने बताए ।
राहतको नाउँमा नगरपाकिलाका कुनै वडाहरुमा पनि राजनीति नहुने स्पष्ट पार्दै वास्तविक गरिबको पहिचान गर्न नगरपालिका सक्षम रहेको भन्दै तिनै गरिबले मात्र नगरपालिकाबाट राहत पाउने नगरप्रमुख शर्माले बताए ।
नगरपालिकाले नगर भित्र रहेका बिपन्न तथा गरीब समुदायका घरधुरीहरुको पहिचान गरीसकेको र केहि समय भित्रै सबै घरधुरीमा राहात पुग्ने बिश्वास दिलाए । उनले बास्तबिक ज्याला मजदुरी गरेर साझ बिहान घर खर्च चलाउदै आउनुभएका पिडित समुदाय जोकोहि भएको खण्डमा नगरपालीकामा सम्पर्क गर्न आग्रह गर्दै उनिहरुलाई पहिचान गरी तत्कालै राहात दिलाईने समेत बताए ।
उनले नगरवासीलाई सरकारले लगाएको लकडाउनको पुर्ण रुपमा पालना गर्न आग्रह गर्दै उलङगन गरेको पाईएमा कानुन बमोजीम कारवाहिको दायारमा ल्याईने समेत बताए ।




