२६ चैत, पर्वत । विदेशबाट फर्किएर घरमै बसिरहेका पर्वतका थप ९ जनामा कोरोना संक्रमण देखिएन । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार बुधवार जाँच गरिएका पर्वतका ९ जनामा कोरोना संक्रमण नेगेटिभ देखिएको हो । मंगलबार थ्रोड स्वाब संकल नगरिएका फलेवास नगरपालिकाका ९ जनामा संक्रमण नदेखिएको डा. देवकोटाले जानकारी दिए । योसंगै पर्वतमा संक्रमण पुष्टि नहुनेको संख्या ३२ पुगेको छ । बाँकी ४ जनाको रिर्पोट आउन बाँकी रहेको छ । उनीहरु मोदी गाउँपालिकाका हुन । उनीहरु पनि विदेशबाट फर्किएका नागरिक हुन । त्यसैगरी कुश्मा नगरपालिकका १४ जनाको पनि स्वाब संकलन गरिएको छ । उनीहरुको पनि रिर्पोट आउन बाँकी रहेको छ।
३२ जना मध्ये पहिलो परिक्षण कतार एरवेजमा आएका बागलुङका एक युवकको गरिएको थियो । विदेशबाट फर्के पछि पर्वतको कुश्मामा बस्दै आएको उनको परिक्षणको नतिजा नेगेटिभि आएको थियो लगतै पर्वतकै विहादी गाउँपालिका बाच्छाकी एक महिलाको परिक्षण गरिएको थियो । उनका श्रीमान केहि दिन अघि मात्रै भारतबाट फर्केका थिए । श्रीमान विरामी नभए पनि श्रीमति विरामी हुँदा उनलाई कोरोनाको आशंका गरी परिक्षण गरिएको थियो । उनमा पनि संक्रमण भेटिएको थिएन ।
सम्भावित संक्रमितहरुको खोजी गर्न क्रममा पर्वतको जलजलाका धाइरिङका एक युवाको परिक्षण गरिएको थियो । उनी कतार एरवेजमा आएकी बागलुङकी संक्रमीत युवतीसंग काठमाण्डौं देखि पोखरासम्म विमानमा संगै आएका थिए । उनको नतिजा पनि नेगेटिभ आएको थियो । यसैगरी बागलुङकी संक्रमित युवतीका नातेदार जलजला गाउँपालिका नाङलीवाङका युवाको परिक्षण परिक्षण गरिएको थियो । उनको नतिजामा पनि कोरोना संक्रमण पुष्टि हुन सकेन ।
कोरोनाका सम्भावित संक्रमितहरुको दायरा बढाउने क्रममा बागलुङकी संक्रमीत महिलाका दुई नातेदारको पनि परिक्षण गरियो । उनीहरु दुवै कुश्मा नगरपालिका चुवाका बासिन्दा हुन । उनीहरुमा पनि संक्रमण देखिएको थिएन ।
योसगै पर्वतमा कोरोना परिक्षणको दायरा बढाउन दोस्रो चरणको अभियान शुरु गरियो । दोस्रो चरण अन्तर्गत जिल्ला भित्र विदेशबाट फर्केकाहरुको परिक्षण कार्य शुरु भएको छ । सम्पर्कमा आएका तर परिक्षणका लागि नआएका तथा लक्षण नदेखिएकाहरुलाई पनि परिक्षणको दायरामा ल्याएर उनीहरुको समेत परिक्षणको काम यतिबेला भईरहेको छ । उनीहरु मध्ये कुश्मा नगरपालिकाका ८ जनाको परिक्षणका नतिजा पनि आएको छ । ति सवैको नतिजा पनि नेगेटिभ देखिएको अस्पतालले जनाएको छ । यसैगरी जलजला गाउँपालिकाबाट संकलन गरिएको ९ जनाको नमुना पनि नेगटिभ आएको छ । योसंगै जिल्लामा कुल ३२ जनाको रिर्पोट नेगेटिभ आएको हो ।




