Print

कालीगण्डकी नदीमा बगेकी महिलाको सकुशल उद्धार

२६ चैत, पर्वत । कालीगण्डकी नदीमा वगेकी महिलाको स्थानीय युवाहरुले सकुशल उद्धार गरेका छन । सिन्धुपाल्चोक जिल्ला घर भई मजदुरी गर्ने गरेकी अन्दाजी ३२ बषीया एक महिलाले पर्वतको जलजला गाउँपालिका–३ दोभिल्लाबाट कालिगण्डकी नदीमा बगेकी थिइन ।

मंगलबार साँझ करिव ६ बजेपिपलबोट यूवा क्लवका सल्लाहकार सन्दिप गुरूङ सहितको यूवाहरुले महिलाको सकुशल उद्धार गरेको प्रत्यक्षदर्शी टंक शर्माले जानकारी दिए। उनका अनुसार हाम फालेको करिब ५० मिटर तलबाट उद्धार गरिएको थियो।

महिलालाई नदीबाट बाहिर निकाले लगत्तै प्रहरीले बेनी अस्पतालमा उपचारका लागि ल्याएको थियो। महिलाको बेनी अस्पतालको इमजेन्सीमा उपचार भइरहेको छ।

महिलाले आत्महत्याको प्रयास गरेको हुनसक्ने स्थानीय युवाहरुको भनाई छ । महिलाको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।