२१ चैत, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुश्मा नगर कमिटिले कुश्मा नगरपालिकालाई नगद ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।
नगर कमिटिका अध्यक्ष शंकर गिरीले कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई नगद ५० हजार सहयोग हस्तान्तरण गरेका हुन ।
नगरपालिकाले एकद्धार नीति मार्फत कोरोनाका कारण विपद्मा परेका विपन्न परिवारलाई प्रदान गर्ने राहत कोषमा नगरकमिटिले नगद ५० हजार रुपैंया सहयोग गरेको हो ।
नगरपालिकाले नगरपालिका भित्रका विपन्न परिवारका लागि उक्त रकमबाट खाद्यन्न उपलब्ध गराउनेछ ।




