Print

मोदी गाउँपालिकाद्धारा राहत प्याकेजको घोषणा, वडाहरुमा खाद्य वैंक, ब्यक्तिगत सहयोग पनि जुट्दै

१९ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले विपन्न परिवारलार्ई राहत प्याकेजको घोषणा गरेको छ । गाउँपालिकाले विपन्न, असाह्य र दैनिक ज्यालादारीमा निर्भर हुनेहरुका लागि खाद्यन्न सहयोग गर्न प्याकेजको घोषणा परेके हो । गाउँपालिकाले प्रति परिवार १ बारो चामल (२५ केजी), २ केजी दाल, २ लिटर तेल, १ पोका नुर र २ वटा सावुन उपलब्ध गराउने गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए । लामिछानेका गाउँपालिकाले प्रत्येक वडाहरुमा खाद्य वैंक समेतको स्थापना गर्ने निर्ण गरेको छ ।

वडाहरुमा रहेका विपन्न परिवारलाई सहयोग गर्नका लागि सवै वडाहरुमा खाद्यन्न भण्डार गर्न त्यस्तो वैंकको स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादु क्षेत्रीले जानकारी दिए । गाउँपालिकाले अन्य ब्यक्ति संघ संस्था तथा निकायहरुसंग समेत सहयोग संकलन गरी खाद्य वैकमा खाद्यन्न संकलन गर्नेछ । त्यस्तो खाद्यन्न वडाले पहिचान गरेका विपन्न परिवारका लागि उपलब्ध गराउने प्रशासकीय अधिकृत क्षेत्रीको भनाई छ ।

ब्यक्तिगत सहयोग रकम ब्यक्तिगत ढङगले वितरण गर्दा पारदर्शीताको समस्या हुने भन्दै गाउँपालिकाले एकद्धार प्रणाली मार्फत यस्तो राहत प्याकेजको घोषणा गरेको गाउँपालिका अध्यक्ष प्रेम पौडेलको भनाई छ । गाउँपालिका भित्र कसैले ब्यक्तिगत रुपमा कसैलाई सहयोग दिन चाहेमा गाउँपालिकाको पूर्व अनुमति लिनुपर्ने समेत गाउँपालिकाले नियम बनाएको छ ।

गाउँपालिकाले खाद्यन्न वैकमा सहयोग गर्न अपिल गरेसंगै मोदी गाउँपालिकाका स्थानीयले त्यस्तो वैंकमा सहयोगको घोषणा शुरु गरेका छन । मोदी ६ निवासी मदन केसी, सम्भ केसी र जगत केसीले गाउँपालिकाको सहयोग कोषमा २५ हजार रुपैंया सहयोग गर्ने घोषणा गरेका छन । यसैगरी मोदी २ देउपुर का दयाराम चापागाईले २० हजार रकम सहयोग गर्ने घोषणा गरेको गाउँपालिकाका प्रवक्ता लामिछानले जानकारी दिए ।

यस अघि गाउँपालिकाले राहत वितरण कोषमा ३ लाख रुपैया विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको ५ लाख सहित हाल सरकारी कोषमा ८ लाख रकम रहेको र इच्छुक ब्यक्तिहरुको सहयोग समेत सोहि कोष मार्फत खर्च गरिने प्रवक्ता लामिछानेले जानकारी दिए ।

अति विपन्न परिवारलाई मोदी गाउँपालिकाले राहत दिने, कोरोना विरुद्ध गाउँपालिकाको यस्तो छ तयारी

मोदी गाउँपालिकाले निर्माण गरयोे क्वारेन्टाइन, विदेशबाट फर्केका सवैलाई क्वारेन्टाइनमा बस्न आग्रह

 

विपद् ब्यवस्थापन कोषमा सहयोग गर्न मोदी गाउँपालिकाको अनुरोध