१९ चैत पर्वत । जिल्लामा कोरोनाको सम्भावना भएका ४ जनाको ल्याव टेस्ट रिर्पोट नेगेटिभ आएको छ । ल्याव टेष्ट आए पनि उनीहरुलाई कम्तिमा एक हप्ता होम क्वारेन्टाइनमा सुरक्षित तरिकाले बस्न अनुरोध गरिएको पर्वत अस्पतालका डा. शिशिर देवकोटा बताउँछन । टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको सवै रिर्पोटमा संक्रमण नभेटिएको हो ।
संक्रमित किशोरीसंगै कतार एरवेजबाट नेपाल आएका बागलुङका एक युवा पर्वतको कुश्मामा बस्दै आएका थिए । संक्रमीत किशोरीसंगै विमानमा आएको भन्दै उनलाई आइसोलेसनमा राखेर उनको परिक्षण गरिएको थियो । प्रयोगशालाको रिर्पोट अनुसार उनमा संक्रमण भेटिएन । उनी अस्पतालबाट डिस्चार्ज भएका छन ।
श्रीमान भारतबाट आएको केहि दिनमा श्रीमतीलाई ज्वरो आए पछि श्रीमतीलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरियो । भारतमा कुनै लक्षण नदेखिए पनि श्रीमतीमा कोरोनाको लक्षण देखिए पछि उनकोे पनि ल्याव परिक्षण गरिएको थियो । काठमाण्डौंको टेकु स्थिल राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाबाट उनमा पनि कोरोनाका संक्रमण भेटिएन । उनी पर्वतको विहादी गाउँपालिकाको बाच्छाकी बासिन्दा हुन ।
बागलुङमा संक्रमीत भेटिएकी युवतीसंगै काठमाण्डांै देखि पोखरासम्म विमानमा आएका पर्वतका अर्का एक युवालाई पनि परिक्षणको लागि अस्पतालमा राखियो । उनमा पनि कोरोनाका संक्रमण पुष्टि भएन । उनी जलजलाको धाइरिङका बासिन्दा हुन ।
त्यसैगरी बागलुङकै संक्रमीत युवतीका नातेदारलाई पनि परिक्षण गरियो । उनलाई पनि आइसोलेसनमा राखेर परिक्षण गरिएको थियो । पर्वतको जलजला नाङलीवाङका युवालाई पनि संक्रमण देखिएन ।
हालसम्म ४ जनालाई संस्कास्पद संक्रमीतको रुपमा स्याम्पल टेष्ट गरिए पनि उनीहरु कसैमाा पनि संक्रमण पुष्टि भएको छैन । कतिपय अवस्थामा भने संक्रमितहरुको ल्याव परिक्षण नगेटिभ आउने चिकित्सकहरुको भनाई छ ।
संक्रमण नदेखिएका ३ जनालाई पनि एक हप्ता क्वारेन्टाइनमा बस्ने गरी आइसोलेसन अस्पतालबाट डिस्चार्ज गरिएको छ । बाँकी एक जना महिलालाई बुधवारसम्म डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।




