Print

रिर्पोट नेगेटिभ आएपछि पर्वत कारोना अस्पतालको आईसोलेसनबाट एक युवा डिस्चार्ज

१७ चैत, पर्वत । संक्रमित महिलासंगै विमानमा आएका बागलुङका एक युवाको परिक्षणको रिर्पोट नेगेटिभ आए पछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन ।

उनी बागलुङ निवासी हुन । कुश्मामा दिदिको घरमा बस्दै आएका उनलाई कोराना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएको थियो ।

उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको डा. शिशिर देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार ति युवालाई आइतवार रिर्पोट आएसंगै डिस्चार्ज गरिएको हो ।

घर गए पनि अझै केहि दिन सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन ।