Print

कोरोना संक्रमणको सम्भावना भएकालाई शिवालय माविको क्वारेन्टाइनमा राखिने

१४ चैत, पर्वत । कोरोना भाईरसको संक्रमणको सम्भावना भएका र विदेशबाट फर्केकाहरुलाई सुरक्षित तरिकाले राख्नका लागि कुश्मामा क्वारेन्टाइनको निर्माण गरिएको छ ।

सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न लागिएको हो ।

कुश्मा नगरपालिका वडा न ६ मा रहेको उक्त विद्यालयमा संक्रमणको सम्भावना भएकाहरुलाई परिक्षण पूर्ण राखिने क्वारेन्टाइनमा राखिनेछ ।

यहाँ राखिएकाहरुमा संक्रमण पुष्टि भएमा भने उनीहरुको उपचारका लागि गुप्तेश्वर बहुमुखी क्याम्पसमा रहेको कोरोना अस्पतालमा लगिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयले विदेशबाट फर्केकाहरुलाई सम्पर्कमा आउन र विद्यालयको क्वारेन्टाइनमा बस्ने समेत अनुरोध गरेको छ । यसैगरी प्रशासन कार्यालयले संक्रमणको फाइदा उठाउँदै कालोबजारी गर्ने, मूल्य बृद्धि गर्नेहरुलाई कारबाही गर्ने समेत जनाएको छ ।