११ चैत, पर्वत । पर्वतको एक वडाले चैत्र महिना लागेपछि बिदेशबाट गाउँमा आएका बासिन्दाहरु खोज्ने अभियान शुरु गरेको छ ।
महाशिला गाउँपालिका वडा नं ५ लुंखुले बिदेशबाट फर्केर गाउँमा आएकाहरुलाई क्वारेन्टाईनमा बस्न आग्रह गर्दै खोजी थालेको हो ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि बिदेशबाट फर्केकाहरुको खोजी गरिएको वडा अध्यक्ष जीवन उचैं ठकुरीले बताए ।
अहिले सम्म चैत्रपछि कतारबाट फर्केका २ जना र भारतबाट फर्केका ५ जनाको पहिचान गरि घरमै क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ ।
‘बिदेशबाट फर्केका सबै मानिसमा कोरोनाको संक्रमण नभएको हुन पनि सक्छ’ उनले भने ‘तर १४ दिन घरमै क्वारेन्टाइनमा बस्दा संक्रमण भएपनि फैलन नदिन सहयोग पुग्छ’ । यस अभियानलाई निरन्तरता दिइने ठुकुरीले बताए ।





