१० चैत, पर्वत । कुश्मा नगरपालिकाले कुश्मा बजारमा कोरोना अस्पताल स्थापना गरेको छ । हाल १५ शैया रहने गरी पर्वत जिल्ला अस्पतालसंगको सहकार्यमा अस्पतालको स्थापना गरिएको हो ।
अस्पतालमा कोरोनाका संस्कास्पद विरामीलाई भर्ना गरी राखिनेछ । उनीहरुको रिपोर्ट पोजेटिभ आएमा विरामीको अवस्था हेरी सोहि अस्पतालमा उपचार गरिने जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
अस्पतालका लागि आवश्यक फर्निचर, मेडिकल सामाग्री र सहयोगी कर्मचारीको ब्यवस्थापन नगरपालिकाले गरेको छ ।
अस्पताल मंगलबार देखि सञ्चालन आउने स्वास्थ्य अधिकारीहरुले जनाएका छन ।
अस्पतालको सञ्चालनमा सहयोग होस् भनेर नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा १७ सदस्यीय अस्पताल सञ्चालक समितिको समेत गठन गरिएको छ ।
अस्पतालको सञ्चालनका लागि लाग्ने खर्च जिल्लाका सवै पालिकाहरुबा संकलन गर्ने यदी अन्य पालिकाहरुले सहभागीता नजनाएमा कुश्मा नगरपालिका आफैले सवै खर्च गर्ने नगरप्रमुख तथा अस्पतालका अध्यक्ष जोशीले जानकारी दिए ।




