Print

डिमुवाको स्वास्थ्य सहायता केन्द्रमा ९ सय ८० जनाको परिक्षण

१० चैत, पर्वत । मोदी गॉंउपालिकाले  डिमुवामा सञ्चालन गरेको स्वास्थ्य सहायता कक्षमा सोमबार ९ सय ८० जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

कास्की हुँदै पर्वत जिल्ला भित्रने सम्पूर्ण यात्रुहरुको स्वास्थ्य परिक्षण गरिएको मोदी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार कुल २ सय ८६ जना महिला र कुल ६ सय ९४ जना पुरुषको स्वास्थ्य परिक्षण गरिएको हो ।

जस मध्ये २ जनालाई ९९ सय डिग्री फरेनहाइट ज्वरो देखिएका कारण उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।