९ चैत, पर्वत । कोरोना कोभिड–१९ भाइरसको संक्रमण फैलन नदिन मोदी गाउँपालिकाको डिमुवामा हेल्थ डेक्सको स्थापना गरिएको छ । मोदी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुलाई परिचालन गर्ने गरी हेल्थ डेक्सको स्थापना गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षत्रीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा गाउँपालिकाले हेल्थ डेक्सको स्थापना गरिएको हो । हेल्थ डेक्समा जिल्ला भित्रनेहरुको स्वास्थ्य जाँच गरिनेछ । पर्वत जिल्लाको मुख्य नाकाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको डिमुवा प्रहरी चौकीमा उक्त डेक्सको स्थापना गरिएको हो । जिल्लामा संक्रमितहरु भित्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हेल्थ डेक्सको स्थापना गरिएको मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार हेल्थ डेक्समा ज्वरो सहित रुघा र खोकीका विरामी भेटिएमा उनीहरुलाई उपचारका लागि सिफासिर गरिनेछ ।
देश भर सोमबार देखि सरकारले ‘लकडाउन’को घोषणा गरेसंगै ठूला शहरबाट जिल्ला फकर्नेको दरमा बृद्धि भएको छ । यो संगै सम्भावित संक्रमित क्षेत्रबाट आउने यात्रुहरुमा संक्रमण देखिन सक्ने कुरालाई मध्यनगर गर्दै चेकजाँचको कार्यलाई अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । उपचार तथा चेकजाँचका लागि आवश्यक सवै सामाग्रीहरुको उपलब्धता नभए पनि उपलब्ध साधनहरुबाट चेकजाँच गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारी बताउँछन ।
उनले कर्मचारीको अभाव तथा सुरक्षणका सामाग्रीहरुको उपलब्धता नहँुदा डेक्सले सोचे अनुसारको काम गर्न भने समस्या हुने बताए । सामान्य ज्वरोका विरामीहरुको जाँच गरी १ सय ४ र सो भन्दा बढि ज्वरो आएमा ति विरामीलाई संकास्पद विरामीको रुपमा उपचारका लागि सिफारिस गरिने अधिकारीको भनाईछ । आजको अर्थ वीट साप्ताहिकमा खबर छ




