Print

कास्कीको अन्नपूर्णगाउँपालिकामा केन्द्रविन्दु भएर भुकम्प गयो, पर्वतमा पनि धक्का महशुस

२ चैत, पर्वत । कास्कीको लुम्ले आसपासको सिमानामा केन्द्रविन्दु बनाएर ५ रेक्टरस्कलको भूकम्पको झट्का महसुस गरिएको छ ।

खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार राति ८:४५ बजे रेकर्ड गरिएको भूकम्पको केन्द्रविन्दु कास्कीको लुम्ले आसपास रहेको केन्द्रका प्राविधिक नविन विकले बताए ।

‘यो नयाँ भुकम्प हो, ‘विगतका भूकम्पको पराकम्पन होइन’- विकले भने । उनले भूकम्पको धक्का गण्डकी प्रदेश बाहेक काठमाडाैं आसपासका साथै विभिन्न जिल्लामा महसुस गरिएको जानकारी दिए । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भूकम्पपछिको पराकम्पन नभएको केन्द्रले जनाएको छ ।

भुकम्पको झड्का पर्वत, म्याग्दी र कास्की जिल्लमा महसुश गरिएको थियो । भुकम्पको धक्का महशुस गरेसंगै पर्वत सदरमुकाममा स्थानीयहरु सडकमा निस्केका थिए ।