२४ फागुन, पर्वत । पर्वत जिल्लाका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात भएको छ । शुक्रबार राती देखि बर्षात हुन थालेपछि यो क्षेत्रको मौसम चिसो बन्दै गएको थियो ।शनिवार राती देखि जिल्लाका उच्च क्षेत्रमा हिमपात शुरु भएको हो ।
हिउँका कारण जिल्लाका विभिन्न ठाउँमा रहेका डाँडाहरू सेताम्मे भएका छन् । जिल्लाका लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, लेकहरूमा बाक्लो हिउँ परेको छ ।
हिमपातका कारण कतिपय ग्रामीण बस्तीहरुको जनजीवन भने प्रभावित भएको छ । दिउँसो देखि परेको हिमपातका कारण पशु चौपायहरु र वालबालिका बढि प्रभावित भएका छन । यो मौसममा ५ औं पटक हिमपात भएको स्थानीयले बताएका छन ।
#हिमपात




