Print

पर्वतमा मदिरा नियन्त्रण अभियान : घरेलु मदिरामा भेटिए शौचालयमा पाईने किरा

२३ फागुन, पर्वत । अवैध र घरेलु मदिराका कारण समाजमा शान्ति सुरक्षा विग्रदै गए पछि पर्वत प्रहरी मदिरा नियन्त्रण अभियानमा सक्रिय बनेको छ ।

जिल्ला प्रहरी कार्यालयको अगुवाईमा नागरिक समाजको समेत सक्रियतामा अवैध घरेलु मदिरा नियन्त्रण अभियानमा प्रहरी सक्रिय बनेको हो ।

मदिरा नियन्त्रण अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालयले सदरमुकाम भित्रबाट उक्त अभियानको शुरुवात गरेको छ ।

बजार क्षेत्र र यस आसपासमा उत्पादन हुने मदिरालाई नष्ट गर्ने र मदिार बनाउन प्रयोग हुने सामाग्रीहरु समेत जफत गर्ने कार्य प्रहरीले गरेको हो ।

यो अवधिमा झण्डै ५ हजार भन्दा बढि मदिरा प्रहरीले नष्ट गरीसकेको छ ।

प्रहरीले मदिरा नियन्त्रण अभियान चलाउँदा अधिकांश महिला अधिकारकर्मीहरुले त्यसको प्रशंगा गरेका छन । उता, प्रहरीले चलाएको मदिरा नियन्त्रण अभियानमा मदिरा सञ्चय गरेको ड्रमहरुमा मरेका किराहरु र सडेगलेका बस्तुहरु समेत फेला परेका छन ।

मदिराका कच्चा पदार्थहरुमा निकै कम गुणस्तरका वस्तुहरु समेत प्रयोग हुने गरेको भेटिएको छ ।

मदिरामा मरेका र सडेलगेका समेत वस्तुहरु भेटिएका छन् तिनीहरुले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने प्रहरीको भनाई ।

कम गुणस्तर र अवैध मदिरा नियन्त्रण अभियान जिल्ला भरी सञ्चालन गर्न र यसलाई निरन्तरता दिन अधिकारर्मीहरुले माग गर्दै आइरहेका छन ।