Print

मृगौला पिडित महिलालाई प्रवासीद्धारा आर्थिक सहयोग

१५ फागुन, पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं. २ खुर्कोट निवासी दुवै मृगौला पीडित २२ वर्षिय सुस्मिता परियारलाई उपचारका लागि प्रवासिहरुले आर्थिक सहयोग गरेका छन् । प्रवासी युवाहरुले संकलन गरि पठाएको नगद रु १ लाख १५ हजार रकम नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले बिहीवार एक कार्यक्रमका विच पिडितलाई हस्तान्तरण गर्नुभएको छ ।

कुनपा–२ खुर्कोट स्थित गणेश्वर प्राथामिक विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्ताान्त्रण गर्नुभएको हो ।सो रकम साउदी अरवमा रहेका प्रवासी हिम वाहदुर क्षेत्रीको पहलमा वेनीवाट मनवहादुर पुन मगर, पोखराका भोज वहादुर गुरुङ, वुटवलका रमेश लगाएतले संकलन गर्नुभएको हो । रकम हस्तान्त्रण गर्दै गिरीले प्रदेशी भुमिमा पसिना वगाएर पनि आफ्नो गाउँ ठाउँमा रहेका दिन दुखी गरिव परिवार लाई गरेको आर्थिक सहयोग निकै सह्रानिय रहेको वताए ।

गिरीले पीडितको घाउमा थोरै भएपनी प्रदेशीहरुले गरेको सहयोग पीडाको घाउमा थोरै भएपनी मल्हम हुने भन्दै पीडित लाई सक्दो सहयोग गर्न सवै लाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य मिन राज के.सी अविरल कु.न.पा २ खुर्कोटका अध्यक्ष कृष्ण प्रसाद शर्मा, स्थानीय युवा समाजसेवी क्षेत्रवाहदुर क्षेत्री लगायतले सहयोग हस्तान्तरण गरेका थिए

। सोहि कार्यक्रममा विधुत प्राधिकरण प्रमुख ललित नारयण चौधरीले रु २ हजार, स्थानिय गिता पुरी रु १ हजार १०, शिव पुरीले १५ सय, रुपा पुरी १ हजार, डिलमाया रेग्मीले रु १५ सय, टिका कुमारी पुरीले १ हजार, लक्ष्मी पुरीले ५ सय, सिता देवीले रु १ हजार, कृष्ण वहादुर क्षेत्रीले रु १ हजार, शुसिला गिरीले रु १५ सय, लक्ष्मण गिरीले १२ सय, नरवती पुरीले रु १५ सय, भागिरथ पौडेलले रु १ हजार रुपैयां सोही कार्यक्रममा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पींडित परिवारसंगै श्रीमान शंकर परियार, शसुरा विके दर्जी लगाएत अन्य स्थानियहरुको उपस्थिति रहेको थियो ।

 

पींडितलाई सहयोग गर्न ईच्छुकले स्थानिय क्षेत्र वहादुर क्षेत्रीको मोवाईल नम्वर ९८४७६०८९५६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।