Print

योजना अनुगमनमा असार महिना कुरेनन स्थानीय तहले, मोदीमा योजनाहरुको अनुगमन शुरु

१३ फागनु, पर्वत । स्थानीय तहहरु गठन पूर्व स्थानीय निकायहरुले योजनाहरुको अनुगमन बर्षात शुरु भएपछि गर्ने प्रचलन थियो । असारमा विकास गर्ने र असार महिनामा अनुगमन गरी योजनाहरु फरफारक हुने गर्दथे । स्थानीय तहहरुको गठन भएपछि भने योजनाहरुको अनुगमन गर्ने प्रचलनमा परिर्वतन आएको छ ।

योजनाहरुको अनुगमनका लागि गाउँपालिका तथा नगरपालिकाहरुमा उपाध्यक्षलाई अनुगमन समितिको संयोजक कानूनले नै तोकेको छ । उपाध्यक्षको अध्यक्षतामा हुने अनुगमन समितिले अहिले दोस्रो र तेस्रो चौमासिकबाट नै अनुगमन कार्य शुरुवात गरेका छन ।

जिल्लाको मोदी गाउँपालिकामा दोस्रो चौमासिकबाट नै अनुगमन कार्यको शुरुवात भएको छ । अनुगमन समितिका संयोजक गाउँपालिकाका उपाध्यक्ष सेती महतले प्राविधिक सहितको टिम लिएर अनुगमन कार्यमा जुटेकी छिन । निर्माण कार्य सम्पन्न भएका योजनाहरुको फरफारकका लागि उपाध्यक्षको टिमले अनुगमन गरेको हो । यसैगरी गाउँपालिबाट चालु आर्थिक बर्षमा निर्माण हुने योजना मध्ये निर्माणकै चरणमा रहेका योजनाहरुको समेत अनुगमन गरिएको छ ।

गाउँपालिकाबाट विनियोजीत योजनाहरु मध्ये सडक, सिंचाई र पूर्वाधार तर्फका योजनाहरुको अनुगमन कार्य भईरहेको गाउँपालकाका उपाध्यक्ष महतले जानकारी दिइन । महतका अनुसार प्राविधिक मूल्यांकन बमोजीम फिल्डमा काम भए नभएको विषयमा प्राविधिक सहित अनुगमन गरिएको छ । अबबाट कागजमा मात्र काम भएको देखिने दिनको अव अन्त्य हुने बताउँदै महतले योजनाको सामाजिक प्रभावको विषयमा समेत अनुगमन भइरहेको उनले जानकारी दिईन ।

निर्माण कार्य सकिएका योजनाहरुको अन्तिम भुक्तानीको प्रक्रिया शुरु भईसकेको बताउँदै महतले आगामी वैशाख महिना भित्र सवै योजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी गाउँपालिकाले निर्माण कार्यलाई तिव्र गतिमा अगाडि बढाईरहेको बताईन । कुशुम खबर दैनिकबाट खबर छ