२७ माघ, पर्वत । पर्वतको जलजला गाउपालिका वडा नम्बर ९ बनौ बस्ने ४८ बर्षिय बेल बहादुर पुर्जा जिपबाट खसेर गम्भीर घाईते भएका छन् ।
आज बिहान बनौ बाट कुश्मा आउदै गरेको जिपमा सवार पुर्जा कुश्मा नगरपालिका २ अमार्दी नजिक अचानक जिपको सिटबाट खस्दा घाईते भएका हुन । बिहान १० बजेको समयमा जिपबाट खसेका पुर्जाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ ।
घटना पश्चात् उपचारको लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको उनलाई पर्बत अस्पतालले पोखराको मनिपाल अस्पतालमा रिफर गरेको र अहिले मनिपालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी निरिक्षक बिकास थापाले जानकारी दिएका छन् ।
जिप र जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको अनुशन्धान भईरहेको थापाले जानकारी दिए ।




